ट्रेलरमा यस्तो देखियो ‘कबड्डी–४’
फिल्म ‘कबड्डी–४’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेटको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा दयाहाङ राईले मिरुना मगर पाउन गरेको संघर्ष र उतारचढाव देख्न सकिन्छ ।
‘कबड्डी’को चौथो सिक्वेलको रुपमा निर्माण भएको यो ‘कबड्डी ४ः द फाइनल म्याच’ भनिएको छ । ड्रामा, रोमान्स र राजनीति समेत ट्रेलरमा समेटिएको छ ।
जेठ १३ गते रिलिज हुने यो फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । रामबाबु र उपेन्द्र सुब्बाद्वारा लिखित फिल्ममा दयाहाङ र मिरुनाको अलवा सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा गुरुङ लगायतको अभिनय समेत छ । रामबाबु गुरुङ निर्देशित फिल्मलाई घरेलु बक्स अफिसमा महत्त्वका साथ लिइएको छ ।
विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले फिल्म निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण