सवारी दुर्घटनामा एक जनाको मृत्यु
बिहीबार, १५ वैशाख २०७९, १६ : ५५

सुनसरीको हरीनगरा गाउँपालिका(४ नुनिया टोलस्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिँदा मोटरसाईकल चालक स्थानीय ४९ वर्षीय प्रदिप साह घाइते भएका थिए ।
घाइते भएका साहलाई उपचारको लागि नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक विराटनगर-१ का ३३ वर्षीय मोहमद रेम अन्सारीलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु