एमाले नेतृत्वको स्थानीय सरकारले विकास गर्ने उपाध्यक्ष पौडेलको दाबी
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको स्थानीय सरकारले जनताका माग सम्बोधन गरी देशको विकास गर्ने बताएका छन् । एमाले सिद्धार्थ नगर कमिटीले भैरहवामा आयोजना गरेको उम्मेदवार अभिमुखीकरण कार्यक्रममा उनले सिद्धार्थनगर क्षेत्रमा एमालेकै पहलमा देखिने गरी धेरै काम भएका दाबी गरे ।
उनले भने, “बेलहिया बुटवल छ लेन सडक, भैरहवा लुम्बिनी तिलौराकोट चार लेन सडक, सिद्धार्थ क्रिकेट रङ्गशालामात्रै नभएर आज मात्रै परीक्षण उडान हुन गइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम एमालेको सरकारको नेतृत्वमा भएको हो ।”
पौडेलले पाँच वर्षअघि र आजको सिद्धार्थनगरमा आफ्ना कारणले परिवर्तन आएको दाबी पनि गरे । उपाध्यक्ष पौडेलले सिद्धार्थनगरका बाटोघाटो, सडक, ढल, नाला, विभिन्न विद्यालय, पार्क, सरकारी कार्यालय, स्वास्थ्यचौकी र सामाजिक क्षेत्रमा आफू अर्थमन्त्री भएका समयमा काम भएको बताए ।
पूर्वअर्थमन्त्री पौडेलले सिद्धार्थनगरको समग्र विकासका लागि संघीय सरकारले एमालेको स्थानीय सरकारको पहलमा धेरै दीर्घकालीन योजनालाई सहयोग गरेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण