गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज अवतरण
बिहीबार, १५ वैशाख २०७९, १८ : ५५

व्यवसायिक उडानको तयारीका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सफल अवतरण गरेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० ले बिहीबार ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
उडानमा पर्यटनमन्त्री, पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू रहेका थिए । गौतमबुद्ध विमानस्थलमा जेठ २ गतेबाट नियमित उडान गर्ने तयारी रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त
-
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
-
मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल
-
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
-
१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म
-
झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ