बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा ८३ मतदानस्थल अतिसंवेदनशिल

बिहीबार, १५ वैशाख २०७९, २२ : २९
बिहीबार, १५ वैशाख २०७९

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहटमा ८३ मतदानस्थल अति संवेदनशिल रहेको छ । भारतिय  सिमानासँग  जोडिएका, यातायातको असुविधा र चुरेसँग जोडिएका मतदानस्थललाई स्थानीय प्रशासनले अति संवेदनशिलको सूचीमा राखेको हो ।

२०६४ सालका अति संवेदनशिल १२१ मतदानस्थलहरुलाई परिमार्जन गर्दै  ८३ मा झारिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले सिमावर्ती भारतसँग जोडिएको राजदेवी, गौर, इशनाथ, परोहा, बौधीमाई, र चुरेसँग जोडिएका चन्द्रपुर नगरपालिकासहित १४ पालिकाको ८३ वटा मतदान स्थल अति संवेदनशिलको सूचीमा राखिएको बताए ।

जिल्लामा ११९ संवेदनशिल र ७४ सामान्य गरी  २७६ मतदानस्थलमा ४७७ मतदान केन्द्र रहेका छन् । गरुडा, माधवनारायण, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकामा मतदानस्थल  संवेदनशिल नरहेको सिडियो शाहिले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा पूर्णरुपमा सुरक्षा व्यवस्था मिलाएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप