रौतहटमा ८३ मतदानस्थल अतिसंवेदनशिल
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहटमा ८३ मतदानस्थल अति संवेदनशिल रहेको छ । भारतिय सिमानासँग जोडिएका, यातायातको असुविधा र चुरेसँग जोडिएका मतदानस्थललाई स्थानीय प्रशासनले अति संवेदनशिलको सूचीमा राखेको हो ।
२०६४ सालका अति संवेदनशिल १२१ मतदानस्थलहरुलाई परिमार्जन गर्दै ८३ मा झारिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले सिमावर्ती भारतसँग जोडिएको राजदेवी, गौर, इशनाथ, परोहा, बौधीमाई, र चुरेसँग जोडिएका चन्द्रपुर नगरपालिकासहित १४ पालिकाको ८३ वटा मतदान स्थल अति संवेदनशिलको सूचीमा राखिएको बताए ।
जिल्लामा ११९ संवेदनशिल र ७४ सामान्य गरी २७६ मतदानस्थलमा ४७७ मतदान केन्द्र रहेका छन् । गरुडा, माधवनारायण, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकामा मतदानस्थल संवेदनशिल नरहेको सिडियो शाहिले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा पूर्णरुपमा सुरक्षा व्यवस्था मिलाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण