बाँकेमा चुनाव प्रचारमा बालबालिकाको प्रयोग, मानवअधिकारवादी संस्थाले जनायो आपत्ति
स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा नेकपा एमालेले बालबालिकाहरूको प्रयोग गरेको पाइएको छ । बाँकेको डुडुवा गाउँपालिकामा बालबालिकाहरूलाई चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको भेटिएको हो । बाँकेको डुडुवा गाउँपालिकामा गत बुधबार अनुगमनका क्रममा बालबालिकाहरूलाई निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिरहेको भेटिएको मानवअधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) का केन्द्रीय अध्यक्ष आलम खानले बताए ।
‘बालबालिकाहरूलाई एमालेको झण्डा र चुनाव चिन्ह बोकाएर गाउँमा चुनाव प्रचार गर्न हिँडाएको अवस्था देखियो’, खानले भने, ‘त्यहाँ १० देखि १४÷१५ वर्षसम्मका बालबालिकाहरु झण्डा बोकेर हिँडिरहेका थिए ।’ बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना र जुलुसमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।
यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदी कोही कसैले सो कसुर गरेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिवाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण