बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न एन्फाको निर्देशन

शुक्रबार, १६ वैशाख २०७९, १४ : ०८
शुक्रबार, १६ वैशाख २०७९

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्देशन दिएको छ । त्यस्तै अन्य तीन जिल्ला भक्तपुर, गोरखा र सिन्धुलीको निर्वाचन पनि १८ गतेसम्म गरिसक्न एन्फाले निर्देशन दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले रातोपाटीलाई जानकारी दिए ।  

रविन चन्दलाई निर्वाचनमा जान नपाउने विषयलाई लिएर विवाद हुँदा सुर्खेत जिल्लाको निर्वाचन स्थगित भएको थियो । त्यसपछि एन्फाले रविन चन्दलाई निर्वाचनमा भाग लिन नदिन भन्दै पत्र पठाएको थियो ।

यता, एन्फाको निर्वाचन समितिले भने रविन कुनै क्लबको नेतृत्वमा नभएकाले निर्वाचनमा भाग लिन पाउने भन्दै निर्वाचन गर्न निर्देशन दिएको थियो । त्यसपछि निर्वाचन हुने नहुने अलमल परेको भन्दै सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन हुन सकेको थिएन ।

निर्वाचनका लागि भनेर एन्फाले प्रकाश संगिनलाई  प्रतिनिधिको रुपमा पठाएको छ । रविनले चुनावमा लड्न जाने वा नजाने भन्ने कुरा अहिलेसम्म फाइनल भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप