एकीकृत समाजवादीका मेयरसहित १० जनाले लिए उम्मेदवारी फिर्ता
यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका सिरहाका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेदवार धर्मनाथ महतो र उपमेयर पदका उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
नेकपा एसकै तर्फबाट वार्ड नम्बर ६ का वडा अध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए । त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका वडा नम्बर १२ र १३ का वडा अध्यक्ष, वार्ड नम्बर ५ का महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको अधिकृत आचार्यले जानकारी दिए ।
जिल्लामा मेयर पदका लागि २९, उपमेयर १७, १३ वटा वडाका लागि वडाध्यक्ष ९०, खुला सदस्य एक सय ३६, महिला सदस्य ६४ र दलित महिला सदस्य ६८ गरी चार सय दुई जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये शुक्रबार एक मेयर र एक उपमेयरसहित १० जनाको नाम फिर्ता आएको हो । त्यसैगरी, मिर्चैया नगरपालिकाबाट एक उपप्रमुख, दुई जना वडाध्यक्ष, एक जना सदस्य सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण