बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी
बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी दर्ता भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेको उजुरीहरुमध्ये ७ सय ७४ वटा उजुरी लुम्बिनी प्रदेशबाट दर्ता भएको हो । आयोगमा अहिले कुल ३ हजार २ सय ८८ उजुरी परेका छन् । जसमध्ये २ हजार ४ सय ८८ उजुरीलाई विस्तृत अनुसन्धानबाट अघि बढाइएको आयोगका प्रवक्ता डा.गंगाधर अधिकारी जानकारी दिए ।
लुम्बिनी प्रदेशमा आयोगले बेपत्ता पारिएका व्यक्तिका परिवार र आफन्तलाई १ हजारभन्दा बढी परिचयपत्र वितरण गरिएको अधिकारीले बताए । उनका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढि उजुरी बर्दिया जिल्लाबाट परेका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष युवराज सुवेदीले अबको करिब डेढ वर्षमा आयोगका सबै काम पूरा गर्न सकिने भन्दै यसमा सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।
पुस मसान्तसम्म आएका सबै उजुरी लिएपछि वेपत्ता परिवारलाई परिचयपत्र दिने क्रम जारी रहेको उनले बताए । उनले भने, ‘पीडित र पीडकको सहि पहिचान गरेर न्याय दिने काम हुन्छ ।’
अध्यक्ष सुवेदीले पीडितहरुका लागि तत्कालीन र दीर्घकालिन कार्यक्रमहरु सञ्चालन गर्न लागिएको बताए । उनले निशुल्क शिक्षा तथा स्वास्थ्योपचार, सहुलियतपूर्ण ब्याजमा ऋण सुविधा दिने लगायतका कार्यक्रम कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण