गुल्मी र प्युठानमा एमाले-माओवादीबीच तालमेल
लुम्बिनी प्रदेशका दुई स्थानीय तहमा एमाले र माओवादीबीच तालमेल भएको छ । केन्द्रमा सत्ता गठबन्धन दलहरूको एमालेसँग तालमेल नगर्ने सहमति भएपनि लुम्बिनी प्रदेशका गुल्मी र प्युठान जिल्लाका दुई स्थानीय तहमा एमाले र माओवादीबीच तालमेल भएको हो ।
प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका हुन् । झिमरुक गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पीतबहादुर महतरा र उपाध्यक्षमा एमालेकी विष्णु जीएमले उम्मेदवारी दिएका छन् । यहाँ माओवादीले तीनवटा र एमालेले पाँचवटा वडामा समेत भागवण्डा गरेका छन् ।
त्यस्तै गुल्मीको धुर्कोटको अध्यक्षमा माओवादीका भुपाल पोख्रेल र उपाध्यक्षमा एमालेकी सीता गिरीले उम्मेदवारी दिएका छन् । धुर्कोटमा काँग्रेस र एकीकृत समाजवादीले पनि तालमेल गरेका छन् । सो गाउँपालिकाको अध्यक्षमा काँग्रेसका महेन्द्र भण्डारी र उपाध्यक्षमा एकीकृत समाजवादीकी कमला सुनारले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण