‘थियटर र फिल्मका कलाकारबीच दुरी बढेको छ’
कलाकार भोलाराज सापकोटाले थियटर र फिल्मका कलाकारबीच इगोको समस्या रहेको संकेत गरेका छन् । ‘थिएटर र फिल्मबाटै आएका कलाकारहरु फरक हुन् भन्ने सोचाई दुबैतिर छ,’ सापकोटाले भने, ‘कलाकारबीच इगो समस्या छ वा छैन मैले बुझ्न सकेको छैन ।’ उनले फिल्ममा मात्रै काम गर्ने कलाकार भन्दा लाउड अभिनय थियटरका कलाकारले गर्ने दाबी समेत सापकोटाले गरे ।
‘फिल्मका स्टारले थिएटरका कलाकार भन्दा आफू ठूलो ठान्ने र थिएटरका कलाकारले फिल्मका स्टारभन्दा आफूलाई ठूलो मान्ने प्रवृत्ति फिल्म क्षेत्रमा छ’ सापकोटाले थपे ‘यसले फिल्म र थियटरका कलाकारबीच दुरी बढाएको छ ।’ दुवैको उद्देश्य फिल्म राम्रो बनाउने भएकाले छुट्टाएर भन्दा पनि मिलेर हेर्नुपर्ने सापकोटाको धारणा रहेको छ । थिएटरबाटै फिल्म अभिनयमा भित्रिएका सापकोटा फिल्म र थियटर बारम्बार देखिँदै आएका छन् ।
हालै राजधानीमा फिल्म ‘षट्कोण’ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सापकोटाले फिल्म ‘षट्कोण’ फरक जनरामा दर्शकले चाहेजस्तै फिल्म बनेको बताए । फिल्म ‘षट्कोण’ मा अभिनेता कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका छ । मिलन काप्रीले निर्देशन गरेको फिल्ममा कर्मा पत्रकारको भूमिका देखिदैछन् ।
वैशाख २३ मा रिलिज हुने फिल्ममा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेम र बालकलाकार असिम लामाको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण