विद्युत् आपूर्ति नियमित गर्न बुटवल उद्योग वाणिज्य सङ्घको आग्रह
बुटवल आसपासका क्षेत्रमा विगत एक महिनादेखि विद्युत् आपूर्तिमा अनियमितता, ट्रिपिङ तथा लो–भोल्टेज जस्ता समस्या देखिएको छ । विद्यूतको समस्याले बुटवल तथा आसपासका उद्योग प्रतिष्ठानहरूमा समस्या उत्पन्न भएको भन्दै बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
सङ्घले एक विज्ञप्ति जारी गर्दै अनियमित विद्युत् आपूर्तिले उद्योगको उत्पादन आपूर्ति, यन्त्र उपकरण बिग्रिने, कच्चा पदार्थको वेष्टेज बढ्ने जस्ता समस्या आएको जनाएको छ । जसका कारणले उत्पादनको लागत समेत वृद्धि हुने भएकोले प्राधिकरण र मातहतका कार्यालयहरूमा छिटो विद्युत्को समस्या समाधान गरिइदिनको लागि आग्रह गरिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल प्रसाद कसजूद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारले आयात कमी गर्ने नीति लिएको सन्दर्भमा विद्युत्का कारण औद्योगिक उत्पादनको लागत बढ्दा समग्र अर्थतन्त्रमा समेत असर पुग्ने देखिएको उल्लेख गरिएको छ ।
त्यस्तै औद्योगिक उत्पादनलाई सहज गर्न र अर्थतन्त्रलाई थप असर पर्न नदिन विद्युत् आपूर्तिलाई नियमित गर्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण