‘हनी बनी’बाट बाहिरिए अनमोल र सारा
दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘हनी बनी’ बाट अभिनेता अनमोल केसी बाहिरिएका छन् । निर्माण सेडुल र उनको समय अनुकुल नमिल्दा उनी बाहिरिएका हुन् । निर्देशन भट्टराइले अनमोल सहमतिमै फिल्मबाट बाहिरिएको जानकारी दिए ।
‘अनमोलले चरित्रको विषयमा पनि आनाकानी गरे, समयको पनि कुरा आयो,’ निर्देशक भट्टराईल भने ‘फिल्मसँग असहमति भएपनि सहमतिमै बाहिरिएका हुन्’ अनमोल बाहिरिएपछि अव अर्को हिरो लिएर फिल्म निर्माण गर्ने भट्टराईले सुनाए ।
निर्देशक भट्टराइले अनमोलसँगै मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित सारा सिर्पाली पनि नरहने जानकारी गराए । सारा भने लन्डनको भिसा नआएपछि बाहिरिने भएकी हुन् । फिल्म लन्डनमा खिचिने भएकोले उनी बाहिरिएकी हुन् । निर्देशक भट्टराईले अहिले फिल्मको नायिकाको लागि लन्डनमै रहेकी जसिता गुरुङसँग कुरा अगाडि बढाएका छन् ।
अनमोल र सारा बाहिरिए पनि आफूले पुरै टिम तयार गरिसकेको दिवाकरले सुनाए । ‘छिट्टै पुरै टिम सहित घोषणा गर्छु । त्यो दिन भोलि पनि हुनसक्छ’ दिवाकरले थपे । फिल्म लन्डनमा सुटिङ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण