जनमोर्चाको रुपन्देहीमा ३१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
राष्ट्रिय जनमोर्चा रुपन्देहीले स्थानीय तहको निर्वाचनका लागि अप्रतिद्वन्द्वता पत्र सार्वजनिक गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गरी ३१ बुँदे चुनावी प्रतिबद्धता पत्रमा गणतन्त्र, राष्ट्रियताको रक्षा, संघीयता र एमसीसी खारेजीका लागि राष्ट्रिय जनमोर्चाले रुपन्देहीका स्थानीय तहहरूमा उम्मेदवारी दिएको उल्लेख छ ।
पार्टीका अध्यक्ष बद्रे आलमले फोहोरको उचित व्यवस्थापन, सुद्ध खानेपानीको पहुँच जनतामा पुराउने, नदीजन्य पद्वार्थको जथाभाबी उत्खनन् नियन्त्रण गरिने, विद्युत् तथा इन्धन आपूर्ति र अपराध नियन्त्रण र ट्राफिक नियमको उचित व्यवस्थापन गरिने बताए । उनले स्थानीय तहसम्म मौलाउँदै गएको भ्रष्टाचार, महङी, लागूऔषधको नियन्त्रण, हत्या, हिंसा, बलात्कार, छुवाछुत, कुप्रथाको अन्त्य गर्न र ज्येष्ठ नागरिकको संरक्षण, उचित स्वास्थ्य सेवाको व्यवस्था व्यवस्था गरिने बताए । विकासका नाममा हुने अनियमितता रोक्न, भूमिहीन र अव्यवस्थित बसोबासको समस्यालाई सधैंका लागि अन्त्य गरी जग्गाधनी पूर्जा वितरण गरिने प्रतिबद्धता जनाइएको छ ।
यस्तै जीवन उपयोगी निःशुल्क शिक्षाको व्यवस्था गरिने र कृषि, पर्यटनको उचित विकास गरी सहकारी मार्फत कृषि उत्पादन, साना उद्योगहरूलाई प्रोत्साहन गर्ने र विदेशी आयतलाई प्रतिस्थापन गरी स्थानीय सरकारको आर्थिक विकास गरिने छ । जनताबाट निर्वाचित प्रतिनिधिले जनताको हित विपरीत कार्य गरेमा फिर्ता बोलाउन पाउने पाउने अधिकार सुनिश्चित गरिने राष्ट्रिय जनमोर्चा रुपन्देहीका उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन् । पाँच दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाका रुपन्देहीका विभिन्न स्थानीय तहमा ७८ जना जनप्रतिनिधि उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण