शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सलिना बनिन् नयाँ मिस नेवाः

सोमबार, १९ वैशाख २०७९, १४ : ३४
सोमबार, १९ वैशाख २०७९

१६ औँ संस्करणको मिस नेवाः सलिना महर्जन घोषित भएकी छन् । नेप्लीज फेसन होमद्वारा आइतबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेकी हुन् ।

उनलाई गत वर्षकी मिस नेवाःले ताज पहिराइदिएकी थिइन् । सलिनाले मुख्य उपाधिको साथमा नगद एक लाख र  नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूत पनि नियुक्त भएकी छन् ।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा काठमाडौं ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भए ।

रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठ अतिथिको रूपमा सहभागी थिए । 

एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मुख्य निर्णायक रहेको  प्रतियोगितामा नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे प्रतियोगिताको निर्णायकमा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप