मकवानपुरमा लोडर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
मकवानपुरको घट्टेपाखामा लोडर दुर्घटाना हुँदा २ जनाको मृत्यु भएको छ । निजगढ-काठमाडौं दुतमार्ग (फास्ट ट्रयाक) सडक खण्ड अन्तर्गत पर्ने बकैया गाउँपालिका वडा नम्बर–११ घट्टेपाखामा लोडर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार फास्ट ट्रयाकमा काम गरिरहेको लोडर अचानक सिमात खोलमा खस्दा दुर्घटना भएको हो । लोडरमा ५ जना चिनीया र १ जना नेपाली नागरिक रहेको र दुर्घटनामा ६ जना नै खोलामा खसेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । घाइते मध्ये चिकित्सकले २ जनालाई मृत घोषणा गरिसकेको उनले बताए ।
दुर्घटनामा घाइते भएका अन्य ४ जनाको हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए । उनका अनुसार मृतक र घाइतेको पहिचान खुलिसकेको नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण