उपमेयर उम्मेदवार गुरुङ भन्छन्, 'मेरो गाडी अशक्त र असहायका लागि प्रयोग गर्छु'
बुटवलमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार चिन बहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असहायका लागि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गरेका छन् । उनले आफू जनप्रतिनिधि भए पनि जनताको लागि सेवा गर्न जाने भएको सुविधामुखी नहुने बताएका हुन् ।
सोमबार बुटवलमा मतदाताहरू भेटघाट गर्दै गुरुङले उपमेयरका लागि प्रयोग हुने गाडी ज्येष्ठ नागरिक,गर्भवती महिला, बालबालिका तथा विपन्न समुदायका लागि निःशुल्क एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याउने प्रतिबद्धता जनाए । उनले बुटवल उपमहानगरलाई न्याय, समानता र समुन्नतिको सहर बनाउनका लागि नीतिगत, कार्यक्रम र बजेटका हिसाबले प्राथमिककामा राखेर काम गर्ने बताए । बुटवल उपमहानगरमा गठबन्धनका तर्फबाट काँग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी रहेको छ भने एमाले र राष्ट्रिय जनमुक्ति पार्टीको गठबन्धन भएको छ । यसअघि बुटवलमा एमालेले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण