बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालगञ्जमा ईदगाहमा चुनावी प्रचार (तस्बिरसहित)

मङ्गलबार, २० वैशाख २०७९, १४ : २८
मङ्गलबार, २० वैशाख २०७९

इस्लाम धर्मावलम्बीहरूको महान पर्व ‘ईद–उल–फित्र’ ईदका अवसरमा नेपालगन्जको इदगाहलाई स्थानीय तहको निर्वाचन प्रचार केन्द्रको रूपमा राजनीतिक दलहरूले प्रयोग गरेका छन् । एक महिना लामो रमजानको उपवास ‘रोजा’पछि सामूहिक नमाज पढेर ईद मनाउने तयारी गरेका मुस्लिम समुदायसँग आफ्नो पक्षमा मतदान गर्नको लागि अपिल गर्दै राजनीतिक दलहरूले आ-आफ्नो स्टलहरू राखेका थिए ।


 
इदगाहको मस्जिद नजिकै र विपीचोकको मध्य सडकमा राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले नमाजीहरूका लागि सर्वत र हलुवाको व्यवस्था गरेका थिए भने नजिकै एमालेका मेयरका उम्मेदवार पशुपति दयाल मिश्राको टेन्टमा पानी वितरण गरिएको थियो । मस्जिदको पूर्वपट्टी मयंक पेट्रोल पम्प नजिकै सत्ता गठबन्धनको काँग्रेस र संघीय समाजवादीका उम्मेदवार प्रशान्त विष्ट र कमरुद्दिन राईको टेन्ट राखिएको थियो । जसबाट पानी वितरण गरिएको थियो । नजिकै माओवादी केन्द्रको टेन्ट  थियो ।

स्थान अभाव भएको कारण बाहिर सडकमै आफ्नो नमाज पढ्न बाध्य भएका नमाजीको सुविधाको भन्दा पनि राजनीतिक दलका उम्मेदवारलाई ईदको शुभकामना व्यक्त गर्दै मत माग्न हतार भएको थियो । नेपालगन्जको इदगाह ‘ईद–उल–फित्र’ ईदको नमाजभन्दा पनि निर्वाचनको प्रचार केन्द्र जस्तो देखिएको थियो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी लगायतका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । 

 न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप