तिलोत्तमा–९ का वडा अध्यक्ष आचारसंहिता विपरीत चुनाव प्रचारमा
तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा खटिएका छन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ ।
तर तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष न्यौपाने नेपाली काँग्रेसले नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन् । उनी २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । तिलोत्तमामा काँग्रेसबाट रामकृष्ण खाण मेयरको उम्मेदवार छन् ।
पार्टीका उम्मेदवारलाई जिताउन उनी विभिन्न वडामा सक्रिय हुँदै आएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जननिर्वाचित वडाध्यक्ष कुनै दल वा उम्मेदवारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिता विपरीत हुने बताए । “वडाध्यक्ष कुनै पनि चुनावी कार्यक्रममा सहभागी हुन पाइंदैन, त्यो आचारसंहिता विपरीत हुन्छ”–उनले भने । भण्डारीले आचारसंहिता उल्लंघनको उजुरी आए कारबाही गर्ने बताए ।
वडाध्यक्ष न्यौपानेले चुनावी कार्यक्रममा सहभागी हुँदै आएको बताए । “वडा अध्यक्षलाई त के लाग्ला र भनेर कार्यक्रमहरुमा सहभागी हुँदै आएको छु ”– उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण