भुवन केसीलगायत कलाकार काँग्रेस प्रवेशप्रति नेपाल सांस्कृतिक संघ असन्तुष्ट
अभिनेता भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली काँग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच उनीहरू काँग्रेसमा प्रवेश गरेका हुन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।
कलाकारको पार्टी प्रवेशमा काँग्रेसकै शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले असन्तुष्टि प्रकट गरेको छ । कलाकर्मीलाई पार्टीमा प्रवेश गराउँदा नेपाल सांस्कृतिक संघलाई बेवास्ता गरेको भन्दै संघका अध्यक्ष तिर्थ थापाले असन्तुष्टि जनाएका हुन् ।
‘कलाकारको काँग्रेस प्रवेशमा सांस्कृतिक संघलाई थाहा हुँदैन भने त्यसको के औचित्य’ थापाले भने ‘यसरी भातृ संस्थालाई बाइपास गरिनु भन्दा संस्था हटाइदिए भयो ।’ सांस्कृति संघलाई जानकारी नदिएर स्वार्थी समूहले कलाकारलाई बालुवाटार पुर्याएर पार्टी प्रवेश गराएको थापाकाे भनाइ छ ।
‘कलाकारहरु नेपाली काँग्रेसमा आवद्ध हुँदा म खुसी हुन्छु’ थापाले भने ‘चुनावको बेला कलाकार आउनु राम्रो कुरा हो । त्यसको पनि प्रक्रिया र संस्कार होला नि ।’ कलाकार भित्र्याए भनेर नेताहरूको चाकडी गर्नेहरूले सांस्कृतिक संघलाई बाहिर राख्न खोजेको थापाको आरोप छ । उनले अगाडि भने ‘कलाकार पार्टीमा भित्रिनु राम्रो भएपनि स्वार्थका लागि पार्टीमा आउनेले संस्थाको हित नगर्ने मेरो बिचार हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण