काँग्रेसलाई सघाउन कलाकार जोगिन्दरले बनाए कमेडी ‘काँग्रेसमा भोट किन ?’
३० वैशाखको स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न कलाकर्मीहरूले आफू नजिकका राजनीतिक दललाई सघाउने उद्देश्यले गीत संगीत तथा कमेडी सार्वजनिक गरिरहेका छन् । यस्तैमा चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले पनि नेपाली काँग्रेसलाई चुनावमा सघाउने उद्देश्यले ‘काँग्रेसमा भोट किन ?’ हास्य ब्याङ्ग्य ल्याएका छन् ।
उनले सार्वजनिक गरेको ‘काँग्रेसमा भोट किन ?’ हास्य ब्याङ्ग्यमा रुखमा भोट हाल्न आग्रहदेखि काँग्रेसले पहिलेदेखि पछिल्लो समयसम्म गरेको कामको चर्चा समेत गरिएको छ । ४ मिनेट १५ सेकेन्डको हास्य ब्याङ्ग्य काँग्रेस निकट नेपाल सांस्कृतिक संघको युट्युव मार्फत सार्वजनिक गरिएको छ । नेपाल सांस्कृतिक संघका महामन्त्री समेत रहेका रिजालले ‘काँग्रेसमा भोट किन ? काँग्रेसलाई चुनावमा सघाउने उद्देश्यले बनाएको बताए ।
रिजाल पछिल्लो समय टेलिभिजनमा नयाँ कमेडी सो ‘जोगिन्दर मुखियाजी’ मार्फत चर्चामा छन् । उनले यस अगाडि निकै लोकप्रिय कमेडी सो ‘जोगिन्दर’ समेत चलाएका थिए । जोगिन्दर उपनामले परिचित रिजाल आफूलाई सबैले वास्तविक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने बताउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण