बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इनार खन्दा पुरिएका युवकको शव झिकियो

बुधबार, २१ वैशाख २०७९, ०७ : ०५
बुधबार, २१ वैशाख २०७९

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्दा भत्किएर पुरिएका युवकको शव उत्खनन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव डोजरले खनेर निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले रातोपाटीलाई बताए ।

आइतबार चौधरी ४० फिट गहिरो इनारमा पुरिएका थिए । साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा उनी पुरिएका हुन् । उनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप