‘एसइई प्रिन्सेज २०२२’ को आवेदन खुल्ला
एसइई दिएर वसेका युवतीहरूको प्रतियोगिता निखार्ने उद्देश्यले नियमित आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘एसइई प्रिन्सेज २०२२’ को आवेदन खुल्ला भएको छ । आयोजक सिजन मिडियाले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।
एसइई परीक्षा दिएर बसेका छात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकता विकास गर्ने उद्देश्यले आयोजित हुँदै आएको प्रतियोगितामा एसइई परीक्षा दिएर बसेका देशभरका छात्राहरूले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगीको प्रतिभा निखार्ने मात्र होइन, उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उदेश्य पनि प्रतियोगीताको रहेको आयोजक सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।
प्रतियोगिताको अडिसनबाट छानिएका व्यक्तिले अन्तिम स्पर्धाका लागि पौडी, शारीरिक फिटनेश, फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी विभिन्न प्रशिक्षण लिनेछन् । साथै उच्च शिक्षाका लागि कलेजले लिने इन्ट्रान्स परीक्षाका लागि तयारी कक्षाहरू पनि अध्यापन गराइनेछ ।
विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, बाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट, चन्द्रागिरी भ्रमण, काठमाडौं फन भ्याली भ्रमण, कल्चरल भिजिट, कलेज भिजिट र हस्पिटालिटी सम्बन्धी जानकारी प्रदानका लागि एक दिनको नगरकोट वा दामन भ्रमण पनि गराइनेछ ।
स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफी रहने प्रतियोगिताका विजेताले ‘एसइई प्रिन्सेस २०२२’ को ताजसहित नगद र उच्च शिक्षाका लागि विभिन्न छात्रावृत्ति साथै अन्य गिफ्ट हयाम्पर पाउने छन् ।
सहभागीका लागि आवेदन फम सिजन मिडियाको कार्यालय वा वेभसाइटबाट भर्न सकिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण