काँग्रेस प्रवेश गरेका भुवन केसीले पाउलान् त चलचित्र विकास बोर्डको अध्यक्ष ?
नेपाली फिल्म क्षेत्रका सदाबहार अभिनेता भुवन केसी मंगलबार नेपाली काँग्रेस पार्टीमा प्रवेश गरे । उनको काँग्रेस प्रवेशले नेपाली फिल्म क्षेत्रमा तरङ्ग पैदा गरेको छ ।
राजेन्द्र लिङ्देनको नेतृत्व रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पटक पटक पार्टी प्रवेशको विषयमा भेटघाट गरेका केसी अन्ततः काँग्रेस प्रवेश गरेका हुन् । उनी किन र केका लागि काँग्रेस प्रवेश गरे भनेर विभिन्न चर्चा परिचर्चा समेत फिल्म क्षेत्रमा भइरहेको छ । अहिले काँग्रेस नेतृत्वको सरकार भएको र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि काँग्रेससँग रहेकाले चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उनी बार्गेनिङ गरेर काँग्रेस छिरेको चर्चा पनि भएको छ ।
त्यो चर्चा हुनु स्वभाविक पनि हो । किनभने यस अगाडि केसी नेकपा एमालेमा थिए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा विकास बोर्ड अध्यक्ष बन्ने दौडमा उनी पनि थिए । त्यो समय ओली सरकारले बोर्ड अध्यक्ष फिल्म निर्देशक दयाराम दाहाललाई बनाएपछि एमालेसँग उनी रुष्ट भएका थिए ।
निर्वाचनको मुखमा काँग्रेस पार्टी प्रवेश गरेका भुवन जेठको तेश्रो साताबाट दयाराम दाहालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष बने अनुमान अहिले फिल्म क्षेत्रमा गर्न थालिएको छ । केसीले भने आफूले पदको बार्गेनिङ गरेर काँग्रेस नछिरेको बताउँदै आएका छन् । नेपाली कला, संस्कृति र चलचित्रको जगेर्ना र विकासका लागि काँग्रेस रोजेको उनको भनाइ छ । उनले आफू बोर्डको अध्यक्षका लागि योग्यसमेत रहेको बताउँदै आएका छन् । केसीले केही अगाडि काँग्रेस निकट सांस्कृतिक संघमार्फत काँग्रेस प्रवेश गर्न खोजेका थिए । सो समय सांस्कृतिक संघसँग उनले बोर्डको अध्यक्षको माग अगाडि सारेका थिए । संघले बोर्ड अध्यक्ष आफूले दिलाउन नसक्ने र आस्वासन समेत दिन नमिल्ने बताएपछि उनी मंगलबार सिधै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन् ।
केसीले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि लामो समयदेखि कसरत गरेकाले उनी काँग्रेस बिनास्वार्थ प्रवेश गरे भन्ने बिषयमा फिल्मकर्मी तथा उनलाई चिन्ने मान्न तयार छैनन् ।
भुवनसँगै अभिनेता रविन्द्र खड्का र अभिनेत्री स्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण