बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बर्दियामा ट्रक र रिक्सा ठोक्किँदा एक जनाको मृत्यु

बुधबार, २१ वैशाख २०७९, १५ : ५५
बुधबार, २१ वैशाख २०७९

बर्दियाको ठाकुरबाबा नगरपालिका–१ मा आज ट्रक र रिक्सा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा रिक्सामा सवार ठाकुरबाबा नगरपालिका–२ बस्ने ४९ वर्षीया पिउली धिताल रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी धितालको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नम्बरको रिक्सा आज दिउँसो १ बजे ठोक्किएका थिए ।  दुबै सवारी साधन सहित दुबै चालकलाई ईलाका प्रहरी कार्यालय बग्नाहाले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप