बाँकेलाई औलोरहित जिल्ला बनाउने तयारी
बाँकेलाई औलोरहित जिल्ला बनाउनको लागि आवश्यक तयारी तीव्र रुपले अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सन् २०२५ सम्ममा नेपालबाटै औलो उन्मुलन गर्ने तयारी भए पनि बाँकेको खासगरी नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा औलोका बिरामी देखापरेपछि सम्बन्धित पालिका र स्वास्थ्य कार्यालय बाँकेले आवश्यक तयारी अघि बढाएको छ ।
बाँकेको नरैनापुरमा सबैभन्दा बढी केस देखापरेपछि स्थानीय पालिकाले त्यसको निगरानी राख्नुको साथै उपचारसँगै जनचेतनाको लागि पहल गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिए । उनले भारतको महाराष्ट्रमा रोजगारी गर्न जानेहरू उतैबाट संक्रमित भएर आउने गरेको कारण नरैनापुरमा संक्रमित संख्या बढी देखिएको बताए ।
उनले भने, देखिएको केस नरैनापुरको स्थानीय होइन । भारतमा रोजगारीका लागि गएर फर्केकालाई ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा औलोको संक्रमण देखिएकाे हाे ।' उनले चालु आर्थिक वर्षको चैत्रसम्ममा नरैनापुरका ४२ जनामा औलोको संक्रमण देखिएको बताए । उनले पालिकाले सचेतनाको लागि विभिन्न कार्य गर्दै आएको साथै झुल वितरण गर्ने, लामखुट्टेको लार्भा मार्नको लागि विषादी छर्ने जस्ता कार्य भएको बताए ।
औलोबाट बाँकेको नरैनापुरको वडा नं २ र ३ मा सबै भन्दा बढी संक्रमित पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६१ जना, ०७६/०७७ मा ५६, ०७७/०७८ मा ४२ र चालु आर्थिक वर्षको २१ चैतसम्मको ८० वटा केस रिर्पोटिङ भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण