‘मेदी हो क्या’ भनेर सामाजिक संजालमा भाइरल युवक पक्राउ
सामाजिक संजाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । युवकहरूलाई सामाजिक संजालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरिएको कपिलवस्तुका एसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।
समाजिक संजालमा भिडियोमार्फत उनले भनेका छन्–‘गाँजा, सुर्ती खाइन्छ, खाओ केटा हो ।’ ४० दिनको लागी इन्सपेक्टर भन्दा पनि म्यादी ठूलो हुने तर्क गर्दै उनले भनेका छन्–‘मेदी हो क्या ।’ प्रहरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको छ ।
उनलाई युनिफर्म दिएको आरोपमा म्यादी प्रहरी पुरन भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको छ । म्यादीको युनिफर्म दुरुपयोग गरेर कानुन कार्यान्वयन गर्न सहयोग गर्ने तालिम लिएर गैरकानुनी कुरामा उक्साएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको एसपी कार्कीले बताए । उनीहरुविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्धा चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण