नयाँ ‘मिस युनिभर्स नेपाल’का लागि आवेदन खुल्ला
बिहीबार, २२ वैशाख २०७९, १५ : ००
‘मिस युनिभर्स नेपाल’ को नयाँ सँस्करणका लागि आवेदन खुल्ला भएको छ । आयोजकले बिहिबार एक कार्यक्रम गर्दै ‘मिस युनिभर्स नेपाल–२०२२’ का लागि आवेदन माग गरेको हो ।
प्रतियोगितामा १८ देखि २८ वर्षसम्मका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागीका लागि एप्लिकेनस मार्फत आवेदन दिनसक्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम विजेता ११ अगष्टमा घोषणा हुनेछ । विजेताले उपाधिका साथमा १० लाख नगद प्राप्त गर्नेछन् ।
‘मिस युनिभर्स नेपाल’को यो तेस्रो संस्करण हो । पहिलो अंशिका शर्माले र दोस्रो सुजिता बस्नेतले जितेका थिए । प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन् । सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व उनी आफैले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण