सत्ता पक्षले निर्वाचन आचारसंहिताको उलंघन गरिरहेका छन् : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता पक्षले निर्वाचन आचारसंहिताको उलंघन गरेको आरोप लगाएका छन् । बिहीबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरूले आचारसंहिता विपरीत चुनावी प्रचारमा लागेको बताए ।
उनले सत्ता पक्षले आचारसंहिताको उलंघन गर्दा निर्वाचन आयोगले पनि साथ दिएको आरोप लगाए । उनले सत्ता पक्षधर र आयोगको व्यावहारका कारण चुनावको निष्पक्षतामाथि प्रश्न उठेको बताए ।
फरक प्रश्नमा उनले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नियमित संवाद भइरहेको बताए । उनले पछिल्लो राजनीतिमा एमाले एकातिर र अरू अर्कोतिर ध्रुवीकृत भएको भन्दै स्थानीय तहको निर्वाचनमा एमाले एक्लै सफल भए अरु सबै वामपन्थी पार्टी एमालेमा आउने दाबी समेत गरे । उनले नेकपा माओवादी केन्द्र राष्ट्रिय राजनीतिको केन्द्रमा नरहने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण