नासिरको नयाँ राष्ट्रिय कीर्तिमान
राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको २४ औं संस्करणमा २ सय मिटर फ्रि स्टाईलमा नासिर यह हुसेनले राष्ट्रिय कीर्तिमान बनाएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको पौडी पोखरीमा आयोजना भएको २ मिटर फ्रि स्टाइल स्पर्धामा हुसेनले शिरीष गुरुङको कीर्तिमानलाई भंग गरेका हुन् ।
हुसेनले शिरीष गुरुङले बनाएका २ मिनेट ५.७१ सेकेन्डको कीर्तिमानलाई तोडेका हुन् । हुसेनले सोही स्पर्धामा बिहीबार २ मिनेट ०.९२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान भंग गरेका हुन् । दुई दिने प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्दै छन् । यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघले जनाएको छ । जस अन्र्तगत पुरुष/महिलामा – गरी १६ खेलाडी छनोट गरिने छ ।
पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९ औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो । एक–एक पुरुष/महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण