बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

बिहीबार, २२ वैशाख २०७९, १९ : ५०
बिहीबार, २२ वैशाख २०७९

राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको २४ औं संस्करणमा २ सय मिटर फ्रि स्टाईलमा नासिर यह हुसेनले राष्ट्रिय कीर्तिमान बनाएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको पौडी पोखरीमा आयोजना भएको २ मिटर फ्रि स्टाइल स्पर्धामा हुसेनले शिरीष ​गुरुङको कीर्तिमानलाई भंग गरेका हुन् ।

हुसेनले शिरीष गुरुङले बनाएका २ मिनेट ५.७१ सेकेन्डको कीर्तिमानलाई तोडेका हुन् । हुसेनले सोही स्पर्धामा बिहीबार २ मिनेट ०.९२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान भंग गरेका हुन् । दुई दिने प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गर्दै छन् । यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघले जनाएको छ । जस अन्र्तगत पुरुष/महिलामा – गरी १६ खेलाडी छनोट गरिने छ ।

पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९ औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो । एक–एक पुरुष/महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप