लुम्बिनी प्रदेशको राजधानीसँग जोडिएको राप्ती गाउँपालिकामा यस्तो छ चुनावी जोखाना
लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकासँग जोडिएको छ। प्रदेश राजधानी राप्ती किनार भालुवाङमा भएपछि राप्ती गाउँपालिका कसले जित्छ भन्ने जोखाना सुरु भएको छ। यहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच त्रिपक्षीय भिडन्त नै हुने भएको छ।
अध्यक्षमा ७ जना, उपाध्यक्षमा ५ जनासहित कुल २२३ जनाले उम्मेदवारी दिएका छन्। राप्तीमा पाँच दलीय गठबन्धन गर्न खोजिए पनि काँग्रेस र माओवादी केन्द्र दुबैले अध्यक्ष छोड्न मानेन्। अन्तमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएपछि माओवादीबाट अध्यक्षमा प्रकाश विष्ट र उपाध्यक्षमा जनमोर्चाबाट केशवराज खनालले उम्मेदवारी दिएका छन्। यस्तै काँग्रेसबाट अध्यक्षमा जगदम्बाकुमारी चौधरी र उपाध्यक्षमा हरिप्रसाद भुसालले उम्मेदवारी दिएका छन्। काँग्रेसकै बुद्धिप्रकाश चौधरी र रमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
एमालेबाट अध्यक्षमा जगतप्रसाद पोखरेल र उपाध्यक्षमा कमलापति चौधरीले उम्मेदवारी दिएकी छन्। राप्ती गाउँपालिकामा मुख्य निर्णायक शक्ति काँग्रेस, माओवादी र एमाले मात्रै हुन। यसअघि निर्वाचनमा काँग्रेसबाट अध्यक्षमा नुमकान्त न्यौपाने उपाध्यक्षमा जगदम्बाकुमारी चौधरीले जितेका थिए। माओवादीबाट अध्यक्षमा श्यामेस चौधरी उपाध्यक्षमा भगवता अधिकारी झिनो मत अन्तरले पराजित भएका थिए। एमाले तेस्रो भई पराजित भएको थियो। त्यसैले काँग्रेस माओवादी र एमालेले त्रिपक्षीय भिडन्तकै रुपमा स्वीकार गरेका छन् ।
काँग्रेसको बागीबाट माओवादी जित्ने दाबी
काँग्रेसबाट अध्यक्षमा निर्वाचन लड्न बुद्धिप्रकाश शिक्षक जागिर छोडेर आए । उनले टिकट नपाएपछि अन्तमा काँग्रेसकै उम्मेदवारलाई जिताउन लागेका थिए। यस पटक बुद्धिप्रकाशले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए। पार्टीले यसअघि उपाध्यक्षमा निर्वाचित जगदम्बाकुमारी चौधरीलाई टिकट दिएपछि बुद्धिप्रकाशले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बुद्धिप्रकाश माओवादीले हत्या गरेका तत्कालिन काँग्रेस नेता श्रीनारायण चौधरीका छोरा हुन। उनी स्थानीय स्तरमा राम्रो प्रभाव पार्ने नेताको रुपमा चिनिन्छन्। तर उनलाई पार्टीको समर्थन नभएकाले अध्यक्ष जित्न कठिन छ। त्यहीँ पनि उनी अध्यक्षमा जित्ने दाबी गर्दै चुनावी मैदानमा उत्रिएका छन्।
काँग्रेसका आधिकारिक अध्यक्षका उम्मेदवार जगदम्बाकुमारी चौधरी र उपाध्यक्ष हरिप्रसाद भुसाल यसअघि निर्वाचन जितेकाले पुनः चुनाव जित्नेमा आशावादी छन्। ‘हामीले चुनावी माहोल राम्रो बनाएका छौ। बागीले थोरै असर गर्न सक्छ भन्ने छ त्यो पनि मिलाउँदै लगेका छौ’ अध्यक्षकी उम्मेदवार चौधरीले भनिन्, ‘पार्टीमा बागीलाई पनि आन्तरिक रुपमा मिलाउँछौ । त्यसो भएमा चुनाव जित्नेमा कुनै शंका छैन।’
यस्तै माओवादी भने यसअघि निर्वाचनमा दोस्रो भई पराजित भएकाले यस पटक चुनाव जित्नेमा ढुक्क देखिएको छ। अहिलेको चुनावमा माओवादी र जनमोर्चाबीच तालमेल भएकाले माओवादीलाई राहत मिलेको छ। तर, माओवादीबाट अध्यक्षमा उम्मेदवार भएका विष्टले जनताको पक्षमा काम गरेकाले आफू जित्ने दाबी गरे। ‘हामी चुनावी प्रचारप्रसारमा नियमित लागेका छौ। माहोल राम्रो हुँदै गएको छ। मैले राप्ती गाउँपालिकामा जनताको सेवा गरेको छ। मलाई जनताले राम्रोसँग चिनेका छन’ रातोपाटीसँग कुरा गर्दै विष्टले भने,‘यस चुनावमा हामी चुनाव जित्नेमा ढुक्क छौ । त्यो जनलहरले देखाइसकेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण