बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाल्पामा आगलागीमा परेर एक वृद्धको मृत्यु

शुक्रबार, २३ वैशाख २०७९, ११ : ०८
शुक्रबार, २३ वैशाख २०७९

पाल्पाको रैनादेवी छहरास्थित एक घरमा लागेको आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा  रैनादेवी छहरा गाउँपालिका ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेका छन् । 

उनी घरमा एक्लै बस्दै आएका थिए । घरमा रहेका सबै सामान जलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आगलागीबाट भएको क्षति विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप