दीपेन्द्रको ‘के घर के डेरा’ मुहूर्त
दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘के घर के डेरा’ शुभ–मुहूर्त गरिएको छ । शुक्रबारबाट कलाकार, प्राविधिकको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो । स्वयम्भु स्थित हारती माता मन्दिरमा गरिएको मुहूर्तमा फिल्मको एक दृश्य समेत खिचिएको थियो ।
अहिले चुनावी माहोल भएकोले फिल्मको छायांकन पनि छायांकन गरिएको थियो । जेष्ठ २ गतेबाट नियमित हुने निर्देशक खनालले जानकारी दिए । ३० दिन छायांकन सेड्युल रहेको फिल्म पुरै उपत्यकामा खिचिने निर्देशक खनालको भनाइ छ ।
ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्मको निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् । सिंगे लामाको कथा रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । यही वर्ष रिलिज हुने बताइएको फिल्ममा दीर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डीपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन छ ।
कार्यक्रममा अभिनेता विपिन कार्कीले काठमाडौंमा डेरा बस्ने सम्पूर्णको जीवनको प्रतिनिधित्व के घर के डेरा’को आफ्नो भूमिकाले गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण