सरकारले उपलब्ध गरायो महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा
पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ श्ययाको अस्पताललाई जग्गा प्राप्त भएको छ । एक पालिका एक अस्पतालअन्तर्गत १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्न नेपाल सरकारले नै जग्गा उपलब्ध गराएको हो ।
२२ करोडको लागतमा निर्माण हुन थालेको उक्त अस्पताल गत मङ्सिरमै शिलान्यास भए पनि जग्गा प्राप्तिमा केही समस्या भएपछि निर्माण कार्य रोकिएको थियो । महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित भोर्ले डाँडाको साविक कित्ता नं ३७० को २३ रोपनी, १३ आना २ पैसा ३ दाम गौचरण जमिन मन्त्रिपरिषद्को सिफारीसमा हालै अस्पताल निर्माण समितिलाई प्राप्त भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिए ।
उनका अनुसार २०७८ चैत २४ को निर्णयबाट जग्गा दर्ता प्रमाणपत्र प्राप्त भएको र सार्वजनिक जग्गा प्रयोगसम्बन्धी कार्यविधि बमोजिम अस्पताल निर्माणका लागि जग्गाको स्वामित्व प्रदान गर्ने स्वीकृति भएसँगै जिल्ला मालपोत कार्यालयले बुधबार जग्गाको प्रमाणपत्र हस्तान्तरण गरेको थियो । आफ्नो निरन्तरको प्रयासबाट जग्गा प्राप्त गर्न सफल भएकाले अब अस्पताल निर्माण नियमित सञ्चालन हुने वडा नं ५ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ठकुरीको भनाइ थियो । स्थानीय केही व्यक्तिले उक्त जग्गामा अस्पताल भवन बनाउन नहुने भन्दै मुद्दा दर्ता गरेपछि अस्पताल निर्माण कार्य अघि बढ्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण