स्थानीय निर्वाचन : लमजुङमा तीन हजार बढी जनशक्ति परिचालन गरिने
लमजुङमा स्थानीय तह निर्वाचनका लागि तीन हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको छ । निर्वाचन कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जनशक्ति परिचालन हुने भएको हो ।
८ सय ९५ कर्मचारी र दुई हजार ४ सय ७२ सुरक्षाकर्मी गरी ३ हजार ३ सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र तीन जना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।
यस्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी दुई हजार बढी सुरक्षाकर्मीहरू परिचालन हुनेछन् । थप सुरक्षाकर्मीहरू समेत तयारी अवस्थामा राखिने र आवश्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
निर्वाचन सुरक्षा कार्य योजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पुरा गरेर सुरक्षाकर्मीहरू परिचालन गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि लमजुङमा मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । लमजुङमा मतदाताको सङ्ख्या एक लाख ३१ हजार ४ सय ९४ रहेको छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण