बाँकेमा एमाले कार्यकर्तालाई कारबाही
शुक्रबार, २३ वैशाख २०७९, २० : १०
नेकपा (एमाले) बाँकेले बागी उम्मेदवारी दिएको भन्दै विभिन्न तहका नौ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
पार्टीले उम्मेदवार बनाएका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य बैजनाथ–१ का विजय चन्द, खजुरा–३ का विकास काउचा मगर, राप्तीसोनारी–१ का पदम ओली, पूर्वजिल्ला कमिटी सदस्य नेपालगञ्ज महानगरपालिका–१० का खुमानन्द काफ्ले, वडा कमिटी अध्यक्ष जानकी–५ का मातृका बर्मा, पालिका कमिटी सदस्य खजुरा–६ का हिरामान श्रेष्ठलाई कारबाही गरेको एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए ।
नेपालगञ्ज–५ का वडा कमिटी उपाध्यक्ष रमजान अन्सारी, नेपालगञ्ज–६ का वडा कमिटी सदस्य मदनराज शर्मा, नेपालगञ्ज–६ का वडा कमिटी सदस्य हितेश भारतीलाई कारबाही गरिएको अध्यक्ष कक्षपतिले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण