एन्फा निर्वाचन : गण्डकी प्रदेशबाट ६ जिल्लालाई मताधिकार
शुक्रबार, २३ वैशाख २०७९, २० : ३६
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत गण्डकी प्रदेश फुटबल संघले केन्द्रीय निर्वाचनका लागि प्रदेशबाट मताधिकार प्राप्त गर्ने ६ जिल्लाको टुङ्गो लगाएको छ । संघको शुक्रबारको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्येबाट ६ जिल्लाले प्राप्त गर्ने मताधिकारको टुङ्गो लगाएको हो ।
बैठकले संघको केन्द्रीय निर्वाचनका लागि तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, नवलपुर र बागलुङलाई मताधिकारका लागि छनोट गरेको छ । प्रदेश अन्तर्गतका कास्की र गोरखा मताधिकारबाट बञ्चित हुने भएका छन् । एन्फाले गण्डकी प्रदेशका ८ जिल्ला फुटबल संघमध्ये ६ जिल्ला फुटबल संघले मात्र मताधिकारसहित प्रतिनिधित्व गर्ने भएकाले वैशाख २४ गतेभित्र प्रतिनिधित्व गर्ने ६ जिल्लाको नाम पठाउन निर्देशन दिएको थियो । एन्फाको केन्द्रीय निर्वाचन असार ६ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण