शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नेपाल आइन् ‘डिजेवाले बाबु’ गर्ल, आजै दरबारमार्गमा दर्शक नचाउने

शनिबार, २४ वैशाख २०७९, १८ : ३९
शनिबार, २४ वैशाख २०७९

काठमाडौंँ । बलिउड गायिका आस्था गिल नेपाल आएकी छन् । शनिबार साँझ दरबारमार्ग स्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । उनी मध्यान्न ६ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएकी हुन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमको संयुक्त आयोजना हुन लागेको ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बलिउडका हिट गीत ‘पानी पानी हो गई’, ‘तेरा बज’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी शुरु हुई है’, ‘नागिन दिन गिन गिन’, ‘कमरिया’ लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् ।

कार्यक्रमको उदेश्य दर्शकलाई सांगीतिक मनोरञ्जन दिने र नेपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले बताए । फिल्म ‘फग्ली’ को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पार्श्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप