नारायणगोपाल र अरनिको स्मृतिमा युवा पुरस्कार वितरण
राष्ट्रिय युवा कोषले नारायणगोपाल युवा सङ्गीत पुरस्कार सङ्गीतकार हरि लम्साल र गायिका रजिना रिमाललाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु ४० हजार तथा सम्मानपत्र छ ।
कोषले अरनिको युवा कला पुरस्कार देवेन्द्र थुम्केली, विपना महर्जन, इशान परियार र रामप्रकाश श्रेष्ठलाई प्रदान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ इन्जिनियर मोहनबहादुर कायस्थले पुरस्कार वितरण गर्दै विविधताले भरिएको देशमा रहेका फरकफरक कलासंस्कृतिले मुलुकको पहिचानलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्राध्यापक दीपक जङ्गमले राष्ट्रियता अभिवृद्धि गर्न कलाकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । वरिष्ठ कलाकार विजय थापाले पुरस्कृत व्यक्तिले नारायणगोपाल र अरनिकोका बारेमा थप खोज अनुसन्धान गर्न सुझाव दिए । पुरस्कृत स्रष्टा थुम्केलीले राष्ट्रिय विभूति अरनिकोका नाममा स्थापित पुरस्कार आफूले प्राप्त गरेपछि कला क्षेत्रको थप विकासमा लाग्न गहन जिम्मेवारीको अनुभव भएको विचार व्यक्त गरे ।
साझा संस्थाका अध्यक्ष शङ्कर पाण्डेको उपस्थितिमा भएको कार्यक्रममा कोषका अध्यक्ष प्रदीपमान वैद्यले मुलुकको आर्थिक, राजनीतिक तथा सामाजिक विकासमा युवाले अग्रसरता देखाउन आवश्यकता रहेको बताउँदै समाजका विभिन्न तहमा क्रियाशील युवालाई अगाडि बढाउन उनीहरुको योगदानलाई मूल्याङ्कन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण