सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, २५ वैशाख २०७९, १५ : ४५

सुनसरीको कोशी गाँउपालिका–३ जमुवा चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाँउपालिका ५ बस्ने ३० वर्षीय ईस्राफिल आलम रहेका छन् । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रदेश २–०३–००१ ख २७२४ नम्बरको ट्रकले को १९ प ३८७३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो सवा १२ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
-
विप्लवले भेटे झलनाथ खनाल