दाङ र रोल्पामा भएको सवारी दुर्घटनामा दुईको मृत्यु
आइतबार, २५ वैशाख २०७९, २० : १९
दाङ र रोल्पामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका-११ भाइरल रोडस्थित सडकमा हापुरबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाइकल शनिबार राति अनियन्त्रित हुँदा मोटरसाइकल चालक लमही नगरपालिका-९ रिहार बस्ने २४ वर्षीय सुनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
यस्तै रोल्पाको माडी गाउँपालिका-४ रिचावाङस्थित सडकमा रा ४ प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकल चालक परिवर्तन गाउँपालिका-५ राङकोट बस्ने ३० वर्षीय मनिपाल बुढा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण