निर्वाचन सुरक्षामा प्रहरीले सेनासँग माग्यो २ हजार साना हतियार
सेनाले दियो करिब ७ सय थान
आइतबार, २५ वैशाख २०७९, २० : ४८

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले सेनासँग २ हजारभन्दा धेरै साना हतियार मागेको छ । तर, आइतबारसम्म सेनाले करिब ७ सय थान हतियार प्रहरीलाई दिएको छ । निर्वाचन सुरक्षाका लागि हतियार अपुग भएपछि प्रहरीले सेनासँग पेस्तोल दिन माग गरेर पत्राचार गरेको थियो ।
साना हतियार अपुग भएपछि नेपाली सेनासँग लिएर सुरक्षामा प्रयोग गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘केही थान चिनियाँ पेस्तोल लिएर प्रयोग गरिरहेका छौं ।’ सेनाले प्रहरीलाई चुनाव सुरक्षामा सापटी स्वरुप दिएको चिनियाँ पेस्तोल लेथल (घातक) हतियार हो । देशभर एकै चरणमा निर्वाचन हुन लागेको हुनाले हतियार नपुग्ने विश्लेषणसहित प्रहरी प्रधान कार्यालयले सेनासँग हतियार मागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली