६ जेठमै रिलिजका लागि ‘सम्झना विर्सना’ ले बढायो प्रचार
देशभर यतिबेला चुनावी माहोल छ । त्यसैले पनि गत शुक्रबार रिलिज भएका फिल्म ‘षडुकोण’ र ‘लक्का जवान’ ले राम्रो दर्शक पाउन सकेन छैन । चुनावले आफ्नो फिल्मको दर्शक घटाएको गुनासो रिलिज फिल्मका निर्माताहरु नै बताउँछन् ।
यस्तो अवस्थामा जेठ ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘सम्झना विर्सना’ ले भने प्रचार प्रसार बढाउँदै लगेको छ । चुनावी माहोल ६ जेठसम्म सकिने र फिल्मले दर्शक पाउने विश्वासका साथ निर्माण युनिटले प्रचार प्रसार बढाएको हो ।
फिल्म रिलिजका लागि सम्पूर्ण तयारी पुरा भइसकेकाले ‘सम्झना विर्सना’ जेठ ६ मै लाग्ने बितरक रोहित कट्टेले बताए । उनले फिल्मले राम्रो दर्शक पाउने विश्वास पनि व्यक्त गरे ।
‘सम्झना विर्सना’ मा आकाश श्रेष्ठ र पूजा शर्मा, शिशिर राणा, छुल्ठिम गुरुङको समेत अभिनय देख्न सकिन्छ । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्म सिलगुडी, दार्जलिङ्ग र सिक्किममा छायांकन गरिएको हो । प्रेमी जोडीहरु बीच हुने बिबिध आरोह अबरोहलाई प्रस्तुत गरिएको फिल्म निमेष प्रधानले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण