एउटै स्टेजमा तीन विजेता घोषित
सिजन मिडिया आयोजक रहेको ‘जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस’ को एउटै स्टेजमा तीन विजेता घोषित गरिएको छ । प्रतियोगितामा सिनियर, जुनियर र गल्र्स गरे तीन विजेता छानिएको हो । जसअन्तर्गत सिनियर गर्ल्सतर्फ मिनल केसी विजेता बन्दा जुनियर गर्ल्सतर्फ अभानी अर्यालले उपाधि चुमेकी छिन् । व्वाइजतर्फ भने प्रनिश श्रेष्ठ विजयी भए ।
प्रतियोगितामा सिनियर गर्ल्सतर्फ सिरपा बज्राचार्य फष्ट रनर अप र प्रिशा श्रेष्ठ सेकेन्ड रनर अप भए । जुनियर गल्सतर्फ शुभानी कार्की फष्ट रनर अप, स्मारिका महर्जन सेकेण्ड रनरअप चुनिए । प्रतियोगितामा सिरपा बज्राचार्यले स्मार्ट, मेरिन श्रेष्ठले क्यूट, एन्चेन गुरुङले इनोसेन्ट, सिवानी चापागाईले डिसिप्लिन, सुहाना मुसाजुले व्यूटिफूल, मिनल केसीले पर्सनालिटी, प्रिसा श्रेष्ठले चार्मिङ र सिमोन पोटेले इन्टेलिजेन्स अवार्ड हात पारे ।
यस्तै अभानी अर्यालले कम्फिडेन्ट, सान्भी निरौलाले क्यूट, शुभानी कार्कीले चार्मिङ, अल्विन्का देवकोटाले इनोसेन्ट, स्मारिका महर्जनले स्मार्ट, आर्याना लक्ष्मी गुरुङले व्यूटिफूल, समृद्धि चौहानले डिसिप्लिन,वैभवी श्रेष्ठले एक्टिभ, आरोही तिवारीले इन्टेलिजेन्स र रोजाश्री केसीले पर्सनालिटी अवार्ड प्राप्त गरिन् ।
अर्को ब्वाइज क्याटगोरीतर्फ प्रिन्स भट्टराईले इनोसेन्ट, गौतम घिमिरेले ह्याण्डसम, प्रनिश श्रेष्ठले कन्फिडेन्ट, सिद्धार्थ घिमिरेले पर्सनालिटी र उज्जनलाल श्रेष्ठले डिसिप्लिन अवार्ड प्राप्त गरे । बालिकाको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आएको यो प्रतियोगिताको निर्देशक रेजिना तुलाधर हुन् । विजेता सबैले उपाधिका साथमा बिभिन्न उपहार समेत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण