रोल्पामा काँग्रेस कार्यकर्तालाई खुकुरी हानेर भागेका युवक सल्यानबाट पक्राउ
बुधबार, २८ वैशाख २०७९, ११ : ३७
रोल्पाको गंगादेव गाउँपालिकामा झडप हुँदा खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २६ मा गंगादेव गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो ।
झडप हुँदा खुकुरी प्रहारमा संलग्न प्रकाश केसीलाई पक्राउ गरिएको रोल्पाका डिएसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । कर्णाली प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा केसी सल्यानबाट पक्राउ परेका हुन् ।
झडपमा तरुण दलका वडाअध्यक्ष मानबहादुर बुढामगर र सो वडाका काँग्रेस कार्यकर्ता २० वर्षीय कमल बुढामगर घाइते भएका थिए । कमल बुढामगरको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण