मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद
बुधबार, २८ वैशाख २०७९, १४ : ४१
कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो । लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताए ।
निवर्तमान वडाअध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण