वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
मतदानस्थलको सुरक्षामा थप सुरक्षाकर्मीको आवश्यकता परे तत्कालै थप सुरक्षा सुरक्षाकर्मी उक्त स्थानमा पुग्नसक्ने गरी मतदानस्थलमा सुरक्षाको व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । जिल्लाभर कूल ३०३ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यता असहाय, अशक्त, वृद्धवृद्धा, अपाङ्गताका लागि मतदान गर्न उचित व्यवस्थापन गर्ने जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ । यसैगरी, निर्वाचनलाई भयरहित शान्ति सुरक्षितरूपमा सम्पन्न गर्न तयारी भएको बताइएको छ । मतदानपछि मत गणनास्थललाई सुरक्षित राख्न तारजालीको प्रयोग गरी आवश्यकता अनुसार सिसी टिभीसमेत जडान गरिएको हो ।
बारामा छ वटा राष्ट्रिय दल र २९ वटा साना दल गरी ३५ वटा साना÷ठूला दलका प्रतिनिधिसहित स्वतन्त्र रुपमा उम्मेदवार स्थानीय चुनावमा प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय अनुसार बारामा पुरुष दुई लाख ३१ हजार ८२६, महिला एक लाख ९१ हजार ४९० र तेस्रो लिङ्गी ११ जना गरी कुल चार लाख २३ हजार ३२७ जना मतदाता रहेकोे जनाएको छ ।
पाँच सयमध्ये ७७ मात्र हतियार बुझाइयो
पर्सामा स्थानीय तहको निर्वाचनका लक्षित गरी जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिइएका सबै हातहतियार बुझाउन प्रशासन कार्यालयको आग्रह गरे पनि अधिकांशले हातहतियार बुझाएका छैनन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश खनालका अनुसार जिल्लामा इजाजत लिएका करिब कूल ५०० हातहतियारमध्ये विभिन्न ठाउँबाट हालसम्म ७७ वटा हात हतियार मात्रै बुझाइएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार इजाजत लिइएकामध्ये करिब ५०० को हाराहारीमा हातहातियार नवीकरण हुँदै आएको तथ्याङ्क छ । इजाजत लिएका ती हतियार प्रायः सबै एक नाले र दुई नाले बाह्र बोरका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण