काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिद्वारा पार्टी परित्याग
बुधबार, २८ वैशाख २०७९, १८ : ५७
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्यसमेत रहेका कपिलवस्तुका कृष्णप्रसाद पौडेलले पार्टीबाट राजीनामा दिएका छन् ।
समितिले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई उम्मेदवार बनाएकाले आफूले राजीनामा दिएको उनले जनाएका हुन् । उनको राजीनामाले शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिकामा प्रभाव पार्ने देखिएको छ ।
२०३७ सालदेखि निरन्तर पार्टीमा योगदान गरेका र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल भएका पौडेल सक्रिय कार्यकर्ताका रुपमा चिनिन्छन् । पार्टी क्षेत्रीय सचिव, जिल्ला कार्य समिति सदस्य, दुई पटक महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी पार्टी परित्यागपछि स्वतन्त्र रहने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण