‘हनी बनी’ मा भित्रिए भारतीय कलाकार अभिमन्यु
बिहीबार, २९ वैशाख २०७९, १३ : ११
फिल्म ‘हनी बनी’ मा भारतीय कलाकार अभिमन्यु तोमार अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराईले फिल्मको मुख्य अभिनेताको रूपमा उनलाई भित्र्याएको हो ।
केही अगाडि अभिनेता अनमोल केसीले फिल्म छोडेपछि निर्माण युनिटले अभिमन्यु रोजेको हो । फिल्मको मुख्य भूमिकामा अभिमन्यु रहने निर्देशक भट्टराइले जानकारी दिए । तोमारले हिन्दी गीतका म्युजिक भिडियोमा देखिँदै आएका छन् । २७ वर्षीय अभिनेता तोमार दिल्लीका स्थानीयवासी हुन् । सन् २००९ बाट उनले मोडलिङ करिअर थालेका थिए ।
फिल्म ‘हनी बनी’मा तोमारले नेपाली अभिनेत्री जसिता गुरुङसँग फिल्मी रोमान्स गर्नेछन् । सलोन बस्नेतको समेत मुख्य भूमिका रहने फिल्म छायाङ्कनका लागि निर्देशक भट्टराई र अभिनेता सलोन लण्डन पुगिसकेका छन् । अभिनेत्री जसिता पनि लण्डनमै छिन् । अभिमन्यु पनि छिट्टै पुग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण