डकुमेन्ट्री फिल्म जोगीले जित्यो दुई अवार्ड
नेपालका विभिन्न स्थानमा अझै फेरि प्रथा छ । साउन, कार्तिक तथा चैत महिनामा जोगी जातका पुरुषहरूले राति घरको वरिपरि घुमि शंख बजाइ फेरी लगाउने गरिन्छ । यसै विषयमा निर्माण भएको दयाराम घिमिरे निर्देशित डकुमेन्ट्री फिल्म ‘जोगी : द गड अफ नाइट’ ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई अवार्ड जितेको छ ।
फिल्मले एक साता भित्र भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड तथा भुटानको डुक इन्टरनेशनल फिल्म अवार्ड हात परेको छ । दक्षिण भारतको पुन्डुचेरीमा आयोजना भएको मोख्खो इन्टरनेशनल फिल्म फेस्टिभलमा यो फिल्म उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म बनेको हो । विश्वभरबाट आएका फिल्महरुलाई पछि पार्दै नेपालबाट गएको यो डकुमेन्ट्री उत्कृष्ट बनेको हो ।
भुटानमा आयोजना हुँदै गरेको डुक इन्टरनेशनल फिल्म फेष्टिभलमा पनि ‘जोगी : द गड अफ नाइट’ले आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड जितेको हो । नेपाली संस्कृति बोकेको वृत्तचित्रले यसरी अवार्ड जित्नु नेपाल र नेपालीहरुको लागी गर्वको कुरा भएको निर्देशक घिमिरे बताए ।
संखुवासभा र धरानमा छायांकन गरिएको यस वृत्तचित्रमा फेरी लगाउँदै हिँड्ने ओमनाथ जोगीलाई फिचर गरिएको छ भने निर्माण दयाराम घिमिरे र हरि उप्रेतीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण